Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल-३ का वडाध्यक्ष बस्यालको शौचालयमा लडेर गयो प्राण !

बुटवल-३ का वडाध्यक्ष बस्यालको शौचालयमा लडेर गयो प्राण !

  • 2.5K
    SHARES

  • बुटवल-३ का वडाध्यक्ष बस्यालको शौचालयमा लडेर गयो प्राण !

    बुटवल,मंसिर ६ ।

    बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ ।

    सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

    अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवल स्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिएको थियो ।  बस्यालको शबलाई अहिले गोलपार्क स्थित उनकै निवासमा राखिएको छ । बस्याल स्थानीयतह निर्वाचनमा एमालेको तर्फबाट ३ नम्बर वडाको अध्यक्षमा निर्वाचित भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology