Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मेली सम्पर्क समाज रुपन्देहीको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा डा.पन्थ चयन

गुल्मेली सम्पर्क समाज रुपन्देहीको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा डा.पन्थ चयन

  • 1.7K
    SHARES

  • गुल्मेली सम्पर्क समाज रुपन्देहीको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा डा.पन्थ चयन

    बुटवल,कार्तिक ४ ।  

    गुल्मेली सम्पर्क समाज रुपन्देहीको छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार सम्पन्न अधिवेशनले डा. नारायण प्रसाद पन्थको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

    तिलोत्तमा–४ डिङ्गरनगरमा सम्पन्न समाजको १६ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट सत्र सदस्यीय कार्यसमिति निर्वाचित भएको अधिवक्ता खडानन्द भण्डारीले नागरिक अनलाइनलाई जानकारी दिए ।

    प्रथम उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, द्धितिय उपाध्यक्षमा पारसमणी भण्डारी, उपाध्यक्षमा संगिता अर्याल,महासचिवमा कृष्णप्रसाद पोख्रेल,सचिवमा पुरुषोत्तम पाण्डेय,सह–सचिवमा शान्ता कंडेल, कोषाध्यक्षमा विजय खनाल,सह-कोषाध्यक्षमा अर्जुन कुँवर छन्।

    त्यसैगरी सदस्यहरुमा शारदा अर्जेल,रविना भण्डारी खत्री,सरस्वती रायमाझी,लक्ष्मी कंडेल,गीता पाण्डे,सिर्जना मरासिनी,अर्जुन ज्ञवाली, राजेन्द्र कुँवर र भोजबहादुर खत्री रहेका छन्। साधारणसभा तथा अधिवेशन समाजका निवर्तमान अध्यक्ष इन्जिनियर हिराबहादुर भलामीको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीको प्रमुख आतिथ्यतामा भएको हाे  ।gulmeli samaj a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology