Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्व राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले छाडे एमालेको सबै जिम्मेबारी

पूर्व राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले छाडे एमालेको सबै जिम्मेबारी

  • 1.9K
    SHARES

  • पूर्व राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले छाडे एमालेको सबै जिम्मेबारी

    बुटवल,कार्तिक ४ । 

    पूर्व कृषि राज्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ओमप्रकाश यादव (गुल्जारी)ले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    शनिबार मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता गुल्जारीले पार्टीले आफूलाई दिएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिइ साधारण सदस्यको रुपमा रहने बताए । ‘मैले पार्टी छोडेको छैन, पार्टीमा रहेर साधारण सदस्यको रुपमा काम गर्नेछु, ’उनले भने ।

    महाधिवेशन प्रतिनिधि छनोट निर्वाचनमा भएका गतिविधिबारे पार्टीले छानबीन र समीक्षा नगरे पुनःपत्रकार सम्मेलनमार्फत अगाडी कसरी बढ्ने भन्ने जानकारी गराउने उनको भनाइ थियो । उनले भने, ‘अहिले पनि समय छ, मर्चवारलाई राम्रोसंग हेर्नुहोस् । ’

    विगतमा एउटा पार्टीको राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा एमालेको सिद्धान्त, विचार मन परेर आफू यो पार्टीमा लागेको उनले बताए । पार्टीभित्रको केही झुण्डले आफू पनि काम नगर्ने र अरुलाई पनि काम गर्न नदिएको उनले बताए ।

    उनले भने, ‘गुल्जारीलाई जसरी पनि महाधिवेशन प्रतिनिधि हुनबाट रोक्नुपर्छ भन्दै एउटा झुण्ड लाग्यो, एमाले रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीका कारण म महाधिवेशन प्रतिनिधि हुन पाइन ।’ आफूले जिल्ला अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भइरहेको भन्ने कुरा ३ महिनाअघि नै पार्टीका उपमहासचिव विष्णु पौडेललाई जानकारी गराइसकेको नेता यादवले बताए । ‘जिल्ला अध्यक्ष सुवेदीको नेतृत्वमा मलाई महाधिवेशन प्रतिनिधि निर्वाचनमा हराइयो, पुरानो र नयाँ मान्छेको कुरा गरियो, ’उनले भने ।

    उनले एमालेको मधेशप्रतिको धारणा के हो भन्दै प्रश्न गरे । एमाले मधेश विरोधी पार्टी हो भन्ने कुरा चिर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले भैरहवा, बुटवलमा सर्वसम्मत निर्वाचित गराउने तर मर्चवार र क्षेत्र नम्बर १ मा किन निर्वाचन गराउने भन्दै प्रश्न गरे ।मर्चवारमा एमालेको संगठन राम्रो बनाउने भनेर आफू लागेको भए पनि केही झुण्डका कारण समस्या भएको उनको भनाइ थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology