बुटवल,मंसिर ३ ।
नेपाल कम्यूनिष्ट पाटी एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष मेटमणि चौधरीले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाइ लालपूर्जा दिइने बताएका छन् ।
शुक्रबार नवलपरासीको वर्दघाट पञ्चनगरमा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयले आयोजना गरेको कार्यक्रममा सासंद चौधरीले लालपूर्जा नागरिकहरुले लालपुर्जा पाउनुपर्ने दावी गरेका हुन ।
नवलपरासीको वर्दघाट नगरपालिका पञ्चनगरमा बसोबास गर्दै आएका नागरिकले लालपूर्जा नपाउनु दुखद भएको भन्दै उनले यहाँका नागरिकलाई छिटोभन्दा छिटो लालपुर्जा दिलाउन आफू लाग्ने वताए ।
नेपाल कम्यूनिष्ट पाटी एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका नेता चौधरीले ६ महिनाभित्र नेपालका करिव १३ हजार अव्यवस्थित बसोबास गरेका नागरिकलाई लालपूर्जा दिलाउन आफूहरु लडिरहेको बताए ।
उनले कम्यूनिष्ट पार्टीलाई जनताका आवश्यकता पूरा नगर्ने शर्तमा सरकारमा बस्ने अधिकार नभएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)