Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारले दाङको लमहीमा ट्रमा सेन्टर निर्माण गर्ने

लुम्बिनी प्रदेश सरकारले दाङको लमहीमा ट्रमा सेन्टर निर्माण गर्ने

  • 2.2K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारले दाङको लमहीमा ट्रमा सेन्टर निर्माण गर्ने

    बुटवल,मंसिर २ ।

    लुम्बिनी प्रदेश सरकारले ट्रमा सेन्टर निर्माणको लागि जग्गा स्वामित्व पाउनको लागि संघीय सरकार समक्ष सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले दाङको लमही नगरपालिका वडा नं.४ मा बन्ने अस्पतालको लागि बन क्षेत्रको १ हेक्टर जग्गाको स्वामित्व पाउनको लागि केन्द्र सरकार समक्ष सिफारिस गरेको हो ।

    सरकारले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार बसेको मन्त्रीपरिषदको बैठकले गरेका ४ वटा निर्णयका बारेमा जानकारी दिएको छ । 

    सरकारका प्रवक्ता तथा आन्तरिक मामिला सञ्चार मन्त्री तिलकराम शर्माले प्रदेश ५ स्वयमसेवक नियमावलीको नाम संसोधन गरिएको जानकारी दिनुभयो ।

    यस्तै खेलकुद विकास प्रदेश ऐन २०७६ स्विकृत गर्दै छलफलको प्रदेशसभामा पठाईने निर्णय गरेको उँहाले बताउनुभयो । यस्तै प्रदेश सभाको नवौं अधिवेशन बुधबार राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ ।

    सरकारले पूर्णता पाएको र बजेट खर्च कार्यान्वयनको लागि कार्यविधि बनाएर  अघि बढेको सरकारका प्रवक्ता शर्माले बताउनुभयो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology