Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

‘नेपाल मिडिया अवार्ड -२०७८’ घाेषणा,पुस २३ गते अवार्ड वितरण गरिने

‘नेपाल मिडिया अवार्ड -२०७८’ घाेषणा,पुस २३ गते अवार्ड वितरण गरिने

  • 1.6K
    SHARES

  • ‘नेपाल मिडिया अवार्ड -२०७८’ घाेषणा,पुस २३ गते अवार्ड वितरण गरिने

    बुटवल,मंसिर २ ।

    नेपाल मिडिया अवार्ड २०७८ घाेषणा गरिएको छ ।पत्रकारिताका विभिन्न विधामा सक्रिय पत्रकारलाई पुरस्कृत गर्ने लक्ष्यसहित ड्रिम हाइ नेपाल प्रालिको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमाअवार्ड वितरण हुनेछ ।

     काठमाडाैँमा आयोजित एक कार्यक्रममा  अवार्डबारे औपचारिक घोषणा भएको छ ।

    ‘नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको उक्त अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । ‘टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिताअन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ, आयोजक संस्थाका प्रवन्ध निर्देशक कमल जिसीले भने, ‘उल्लेखित विधाबाहेक भूगोलतर्फको सात प्रदेशबाट २्२ जनालाई सम्मान गरिनेछ भने नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउनु हुने दुई विशिष्ठ सञ्चारकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिनेछ ।’

    नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पुर्व अध्यक्षसहित सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरुको छनोट गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा पत्रकार महासंघ सचिव पवन आचार्यले सञ्चारकर्मीहरुको कामलाई सम्मान गर्ने र हौसला दिने यो प्रकारको काममा महासंघ सहकार्य गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

    पुस २३ मा आयोजना हुने उक्त अवार्ड समारोहको घोषणा कार्यक्रममा शुभकामना दिन वरिष्ठ सञ्चारकर्मी ऋषि धमला, वरिष्ठ सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डिसी, नेपाली फिल्म अभिनेता रमेश उप्रेती लगायत पत्रकारितासँग प्रतिनिधित्व गर्ने दर्जनबढि संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।

    कार्यक्रममा प्रायोजक कम्पनि ‘ब्ल्याकहर्स सूज इन्डष्ट्रिज प्रालि र जोय पपैया नेपालसँग आयोजकले प्रायोजन सम्झौता समेत गर्यो । आयोजकको तर्फबाट ड्रिम हाइ नेपालका प्रवन्ध निर्देशक जिसीले ब्ल्याक हर्स सूजका चीनबहादुर श्रेष्ठ र जोय पपैया नेपालका कन्ट्री म्यानेजर मदन रौनियारसँग सम्झौता आदान प्रदान गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology