Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवल कालिकापथमा खस्यौली रोदी क्लव सञ्चालनमा,बद्री पंगेनीले गरे उद्घाटन

बुटवल कालिकापथमा खस्यौली रोदी क्लव सञ्चालनमा,बद्री पंगेनीले गरे उद्घाटन

  • 2.3K
    SHARES

  • बुटवल कालिकापथमा खस्यौली रोदी क्लव सञ्चालनमा,बद्री पंगेनीले गरे उद्घाटन

    बुटवल,मंसिर १ ।

    बुटवल–११ कालिकानगरमा खस्यौली रोदी क्लव सञ्चालनमा आएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष दिपक गरौजा र खिमानन्द सापकोटाले करिब एक करोडमा स्थापना गरेको क्लबको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष एवं चर्चित लोक–दोहोरी गायक बद्री पंगेनी, प्रतिष्ठानका जिल्ला अध्यक्ष दीपक कार्की लगायतले उद्घाटन गरेका हुन् ।

    कारोना महामारीका कारण सबै क्षेत्रमा मन्दी आए अब यसलाई पुरानै अवस्थामा फर्काउनका लागि करिब १ कराेड लगानीमा  रोदी क्लब सञ्चालनमा ल्याएको सञ्चालक दिपक गराैजाले नागरिक अनलाइनलाइ बताए । व्यवसायिक सफलताका लागि मात्रै नभएर नेपाली लोक संस्कृतिको जोगाउन क्लव स्थापना गरिएको सञ्चालक गरौजाको भनाइ छ ।khasyauli rodi ghar .jpg

    क्लबको उद्घाटन गर्दै गायक बद्रि पंगेनीले क्लबको संरचना बारे प्रशंसा गरे । रोदी क्लबमा स्थानीय र राष्ट्रिय गरी २० जना कलाकारहरुले नियमित रुपमा प्रस्तुति दिइरहेका छन् ।

    रोदी क्लबले कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मलाई शुभारम्भको अवसर मान्दै सो अवसरमा देशकै चर्चित कलाकारहरुको प्रस्तुति राखेको छ । जस अन्तर्गत बद्री पंगेनी र पशुपति शर्मा,सम्झना लामिछाने,डिल्लीनारायण पाण्डे, प्रिति आले, खुमन अधिकारी,प्रेम न्याैपाने, रुपा जिएम,उज्वल  गिरी लगायतका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति चलिरहेको छ ।

    rodi ghar khasyatuli.jpg

    rodi ghar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology