बुटवल,कात्तिक ३० ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अधिवेशनवाट नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । बुटवलमा भएको महासघको प्रदेश अघिवेशनबाट पुन: नेत्र प्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीका अनुशार प्रदेश समिति र प्रदेश महिला उद्यमी समिति सर्वसहमतीमा चयन भएको हो । जस अनुशार महासघको वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद अधिकारी रुपन्देही, उपाध्यक्षमा उमानाथ पोख्रेल नवलपरासी, महासचिवमा जयश्वर पौडेल बांके , कोषाध्यक्षमा लक्ष्मण बेल्वासे कपिलवस्तु रहेका छन् । त्यसगरि महासघका प्रदेश कार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम गुल्मी, डिल्लीराम बस्याल पाल्पा, जित वहादुर महरा रोल्पा, दोणराज सुवेदी कपिलवस्तु, विनता पाृेख्रेल नवलपरासी,संजिव गहतराज कपिलवस्तु,धनसिंह वली वांकें,सतिस कुरमार अधिकारी बांके रहेका छन् ।
त्यसैगरि महिला उद्यमी समितिको अध्यक्षमा शान्ती शर्मा, बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह छन् । सदस्यहरुमा शान्ती पौडेल, अनिषा कृेसी, सुनीता राणा, हिरा घले, मुना पाण्डे रहेका छन् ।
नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई महासघका केन्द्रिय अध्यक्ष श्याम गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख आतिथ्यता र महासघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको विशिष्ठ आतिथ्यतामा भएको अधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)