Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही कांग्रेसले तीनसय भन्दा बढीलाई मंसिर १ गते भैरहवामा सम्मान गर्दै

रुपन्देही कांग्रेसले तीनसय भन्दा बढीलाई मंसिर १ गते भैरहवामा सम्मान गर्दै

  • 2.2K
    SHARES

  • रुपन्देही कांग्रेसले तीनसय भन्दा बढीलाई मंसिर १ गते भैरहवामा सम्मान गर्दै

    बुटवल,कात्तिक ३० ।

    नेपाली कांग्रेस रुपन्देहीले १३ औं महाधिवेशनबाट निर्वाचित भइ विभिन्न तह र तप्कामा रहेर आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने तीन सय बढी नेता तथा कार्यकर्तालाई सम्मान गर्ने तयारी गरेको छ । 

    १३ औं महाधिवेशनबाट निर्वाचित भइ पार्टी तथा जनताको हितमा काम गरेको भन्दै जिल्ला कार्यसमिति, प्रदेश, क्षेत्रीय, वडा, नगर समिति तथा साविक गाउँ समितिका सभापतिहरुलाई यही मंसिर १ गते बुधबार सम्मान गर्न लागिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नागरिक अनलाइनलाइ जानकारी दिए । 

    कांग्रेस रुपन्देहीको लागि विशिष्ट योगदान पुर्याएका अन्य सामाजिक व्यक्तिहरुलाइ पनि सम्मान गरिने कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले बताए ।

    मंसिर १ गते सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित युनिक बेन्क्युटमा हुने कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांण र विशिष्ट अतिथि सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह रहने कांग्रेस रुपन्देहीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology