Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलका कानुन व्यवसायी दाेस्राेदिन पनि कालो पट्टी बाँधेर प्रदर्शनमा

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलका कानुन व्यवसायी दाेस्राेदिन पनि कालो पट्टी बाँधेर प्रदर्शनमा

  • 1.1K
    SHARES

  • प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलका कानुन व्यवसायी दाेस्राेदिन पनि  कालो पट्टी बाँधेर प्रदर्शनमा

    बुटवल,कार्तिक २९ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा कानुन व्यवसायीहरुले दाेस्राेदिन पनि धर्ना दिएका छन्। उच्च अदालत बार एसोसिएसन बुटवलको आयोजनामा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।

    प्रधानन्यायाधीश जबरा आफै विवाद र भ्रष्टाचारमा डुबेर न्यायपालिकामा बिक्रिती विसंगतीलाइ प्रश्रय दिएको भन्दै कानुन व्यवसायीहरुले उनको राजीनामा माग गरे। नेपाल बारको आन्दोलनमा एक्यबद्धता जनाउदै हातमा कालो पट्टी बाँधेर कालो व्यानरसहित अधिवक्ताहरुले बुटवल इजलासमा प्रदर्शन गरेका थिए। धर्ना बिहान १० बजेदेखि ११ बजेसम्म चलेको थियो।  

    बुटवल बारका अध्यक्ष जोगबहादुर खत्रीले तीन दिन सम्म इजलासमा प्रदर्शन गरीने बताए। ‘न्यायपालिकाको विकृति,विसंगति र भ्रष्टाचार बिरुद्ध धर्नामा बसेका हौं। यो आन्दोलनले दिर्घकालिन महत्व राख्छ, तत्काललाई सेवाग्राहीलाई असुविधा भएपनि हाम्रो आन्दोलनलाई अन्यथा नलिईदिन अनुरोध गर्छौ’ -अध्यक्ष खत्रीले नागरिक अनलाइनसंग भने।

    न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको भन्दै उनले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन हुवहु कार्यान्वयन गर्न माग गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology