Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश अध्यक्षमा डा. ठाकुर निर्वाचित

नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश अध्यक्षमा डा. ठाकुर निर्वाचित

  • 4.0K
    SHARES

  • नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश अध्यक्षमा डा. ठाकुर निर्वाचित

    बुटवल,कात्तिक २९ ।

    नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डा.सुजित ठाकुर निर्वाचित भएका छन् । ठाकुरको अध्यक्षता मा ११ सदस्यीय समिति चयन भएको हाे । 

    डा.सुजित ठाकुरले २१ मत र अध्यक्षका प्रतिस्प्रर्धी डा.प्रकाश चापागाइको १८ मत आएको हाे । 

    एकै साथ ४ वटा प्रदेशमा सम्पन्न भएको कार्यसमिति बिस्तारमा लुम्बिनी प्रदेशबाट निर्वाचत अध्यक्ष ठाकुरले सम्पुर्ण फिजियोथेरापी चिकित्सक साथिहरुलाई एकसाथ अगाडि बढाउने बताए ।

    सचिबमा डा. प्रेम नारायण तिवारी र कोषाध्क्षमा डा.अभिनास लम्साल निर्बिरोध चयन भएका छन् ।  सदस्यहरुमा डा. आशिक ढकाल ,डा. सोम  प्रसाद रिजाल, डा. आधार थापा, डा. द्रोर्णाचार्य ज्ञवाली, डा.शम्भु पाण्डे , डा.सागर पाण्डे र डा.स्टेला कुवर निर्वाचित भएका छन् ।
    उक्त कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष डा.श्री जगदिश खनालको अध्यक्षता मा सम्पन्न भएको थियो । निर्वाचनमा लुम्बिनी प्रदेशका नेपालगञ्ज, दाङ लगायतका स्थानमा कार्यरत फिजियोथेरापिस्टहरुको सहभागीता  थियो ।

    नेपाल फिजियोथेरापी संघले फिजियोथेरापी पेशा तथा फिजियोथेरापि चिकित्सकहरुको हक हितको लागि कार्यगर्ने गरेको निवर्तमान अध्यक्ष डा. खनालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology