Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको १४ औं महाधिवेशन : देउवाको नेतृत्वमा मूल तयारी समिति गठन,सातै प्रदेशमा ताेकिए संयोजक

कांग्रेसको १४ औं महाधिवेशन : देउवाको नेतृत्वमा मूल तयारी समिति गठन,सातै प्रदेशमा ताेकिए संयोजक

  • 2.9K
    SHARES

  • कांग्रेसको १४ औं महाधिवेशन : देउवाको नेतृत्वमा मूल तयारी समिति गठन,सातै प्रदेशमा ताेकिए संयोजक

    बुटवल,कात्तिक २८ ।

    नेपाली कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ ।

    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन मूल तयारी समिति र विभिन्न उपसमिति गठन गरेको हो ।

    सभापति देउवाको नेतृत्वको मूल समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य रहनेछन् । त्यस्तै कांग्रेसले प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।

    प्रदेश १ को संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश दुईको संयोजकमा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजको जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ ।

    कांग्रेसले महाधिवेशनका लागि अर्थ संकलनको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ भने भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ ।

    सहमहामन्त्री डा। प्रकाशशरण महतलाई विदेशी पाहुना स्वागतको जिम्मेवारी दिएको छ भने मञ्च व्यवस्थापनका लागि काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहने गरी समिति बनाइएको छ ।

    प्रचार प्रसारको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइएको छ ।

    निर्वाचन प्रक्रिया मंसिर २१ गतेदेखि प्रारम्भ हुने :

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया मंसिर २१ गतेदेखि प्रारम्भ हुने भएको छ ।

    पार्टीको महाधिवेशन उद्घाटन मंसिर २४ गते हुने भएपनि उम्मेदवारी दर्ता २१ गतेदेखि नै सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेस महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । कांग्रेसले मंसीर २१ गते नै केन्द्रीय कार्यसमितिको उम्‍मेदवारी दर्ताका लागि प्रस्ताव गरेको छ ।

    निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले समय कम भएकाले महाधिवेशन उद्घाटन हुनुअघि नै निर्वाचन प्रक्रियाका कार्यक्रम सुरु हुने जानकारी दिए ।

    ‘२४ देखि २६ सम्म हामीले महाधिवेशनको मिति तोकेका छौं, २५ गते भोटिङ हुन्छ । त्यसअघि मतदाता नामावली सार्वजनिक गर्नुप¥यो । त्यसलाई टुंगो लगाएर अन्तिम नामावली प्रकाशित गर्नुपर्‍यो । धेरै ठूलो संंख्यामा मतपत्र प्रकाशित गर्नुपर्छ,’ उनले  भने, ‘२४ गतेसम्म हामीले उम्मेदवारदेखि मतपत्रसम्म सबै फाइनल गरिसक्नुपर्छ । २५ गते बिहानदेखि मतदान सुरु गर्ने हाम्रो तयारी हो ।’

    करिव ४५ सय महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ कार्यसमिति चयन गर्नेछन् । कांग्रेस विधानमा केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुने उल्लेख छ । १३४ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ३३ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology