Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दुई सांसदबारे उठेका कानूनी र संवैधानिक प्रश्नको निरुपण नभएसम्म प्रदेशसभा चल्दैन : शंकर पोखरेल

दुई सांसदबारे उठेका कानूनी र संवैधानिक प्रश्नको निरुपण नभएसम्म प्रदेशसभा चल्दैन : शंकर पोखरेल

  • 2.0K
    SHARES

  • दुई सांसदबारे उठेका कानूनी र संवैधानिक प्रश्नको निरुपण नभएसम्म प्रदेशसभा चल्दैन : शंकर पोखरेल

    बुटवल,कात्तिक,२८ ।

    लुम्बिनी प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता शंकर पोखरेलले दुई सांसदबारे उठेका कानूनी र संवैधानिक प्रश्नको निरुपण नभएसम्म प्रदेशसभा सभा चल्न नदिने बताएका छन् ।

    सांसद अजय शाही र विमला खत्री वलीबारे निर्वाचन आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिने बताएका हुन् ।

    आइतबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै प्रमुख विपक्षी दलका नेता पोखरेलले प्रदेशसभा बैठक चल्न नदिने बताएका हुन् ।

    ‘अजय शाही र विमला खत्री वली कुन दलका हुन् भनेर प्रमाणित गर्ने निर्वाचन आयोगले हो, उसले भन्नुपर्‍यो’ पोखरेलले भने, ‘कानूनको ब्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाई छैन ।’

    प्रदेश सभा र सत्ता पक्षले यो विषयलाई हलुका ढंगले लिएर संवैधानिक र कानूनी प्रश्नको निरुपण गर्न उदासिन बनेको पोखरेलले टिप्पणी गरे । ‘आफ्नाबारे उठेका कानूनी र संवैधानिक प्रश्नमा सरकार मस्त निद्रामा भएजस्तो छ’, पोखरेलले भने, ‘प्रतिपक्षले सभामा सधैंभरि अवरोध गरिरहने अनि सरकारले जबर्जस्ती चलाइरहने कुराले प्रदेश सभा र प्रदेश सरकारप्रति जनतामा अनास्था पैदा गर्छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology