Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ३०६ जनामा कोरोना संक्रमण,३४८ जना निको

थप ३०६ जनामा कोरोना संक्रमण,३४८ जना निको

  • 2.2K
    SHARES

  • थप ३०६ जनामा कोरोना संक्रमण,३४८ जना निको

    बुटवल,कात्तिक,२८ ।

    नेपालमा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३४८ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ भने ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेसनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२२ जना आईसीयू र ६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology