Logo बुधवार, श्रावण १३ गते २०८३
images

माधव नेपालको नेतृत्वमा कम्यूनिष्ट पार्टीहरुको एकता हुन्छ : मेटमणि चौधरी 

माधव नेपालको नेतृत्वमा कम्यूनिष्ट पार्टीहरुको एकता हुन्छ : मेटमणि चौधरी 

  • 2.1K
    SHARES

  • माधव नेपालको नेतृत्वमा कम्यूनिष्ट पार्टीहरुको एकता हुन्छ : मेटमणि चौधरी 

    बुटवल,कार्तिक २८। 

    नेकपा (एकिकृत समाजवादी) नेता एंव सांसद मेटमणि चौधरीले माधव नेपालको नेतृत्वमा कम्यूनिष्ट पार्टीहरुको एकता हुने बताएका छन । उनले केपि ओलीसँग विद्रोह गरेर बनेको नेकपा एकिकृत नेपालका कम्यूनिष्ट पार्टीहरुको एकताको केन्द्र बन्ने दावी गरे ।

    नेकपा एकीकृत समाजवादीको देवदह नगर कमिटि रुपन्देहीको प्रथम भेलालाई शनिबार सम्बोधन गर्दै उनले आफूहरु शक्तिका रुपमा उदाउने बताए । ‘ओलीसँग विद्रोह गरेर मात्रै बनेको पार्टी होईन, यो कम्यूनिष्ट पार्टीहरुको एकता गर्ने पार्टी हो’ उनले भने । 

    उनले ओलीकै कारण एमालेमा व्यक्तिवादी प्रवृत्ति मौलाएको आरोप लगाउँदै चुनावसम्म गठबन्धन कायम रहदा एमाले देशैभर पराजित हुने बताए । नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले ओली नेतृत्वको एमाले ऐजेन्डाविहिन बनेको टिप्पणी गरे । केपी ओलीले सांसद भंग गरेर नेपालको संबिधान नै समाप्त पार्न खोजेको उनको आरोप छ । उनले आगामि निर्वाचनमा समाजवादीका बारेमा अनेक टिप्पणी भइरहेको उल्लेख गर्दै उनले त्यसको परिणाम निर्वाचनले देखाउने बताए । 

    ‘ओली जी जुनठाउँबाट उठ्नुभएको थियो, त्यहाँ १४ हजार गाई चिन्हले भोट हालेका थिए’ उनले भने । नेता चौधरीले झापाको निर्वाचन क्षेत्रका बारेमा जानकारी राख्न समेत ओलीलाई सुझाए । उनले आफूहरु देशैभर कम्यूनिष्ट विचार र आदर्श अनुसार पार्टीलाई अघि बढाउने अभियानमा सामेल भएको बताए । 
    एकीकृत समाजवादी अहिले फुटेर केहि हुँदैन ६ महिना पछि फेरि एमालेमा बिलिन हुन्छ भनेर भ्रम फैलाएको भन्दै त्यस्तो भ्रममा नलाग्न समेत कार्यकर्तालाई आग्रह गरे । 

    एकीकृत समाजवादीको देवदह नगर अध्यक्षमा टंक पोखरेल चयन :

    SAMAJ.jpg
    यसैविच प्रथम भेलाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को देवदह नगर अध्यक्षमा टंक पोखरेल चयन भएका छन्। पोखरेलको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी घोषणा गरेको नेकपा एकीकृत समाजवादी देवदह नगर कमिटीले जनाएको छ ।
     कमिटिको नगर उपाध्यक्षमा डिल्लीराम सापकोटा, शुसीला भट्टराई, सचिवमा छबि भट्टराइ, सह सचिवमा सिता विक र तिल बहादुर भण्डारी रहेका छन । यस्तै सदस्यहरुमा राजुराज भट्टराई, जानुका पौडेल, तुलामणि शर्मा लगायत रहेका छन्।

    निर्वाचित सम्पूर्ण पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई संबिधान सभाका सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले सपथ ग्रहण गराएका थिए । 

    यस्तै एकीकृत समाजवादीको बिद्यार्थी संगठन र युवा संघ नेपाल देवदह नगर कमिटि पनि घोषणा भएको छ । युवा संघ नेपाल देवदह नगर कमिटिको अध्यक्षमा शंकर पंगेनी,उपाध्यक्षमा राजुराज भट्टराई सचिवमा आश्विन न्यौपाने सहित ५१ सदस्यीय नगर कमिटि घोषणा गरिएको हो ।

    त्यस्तै अनेरास्ववियुको देवदह नगर अध्यक्षमा पवन पोखरेल, उपाध्यक्षमा संगम विश्वकर्मा र सचिवमा आश्विन विश्वकर्मा लगायत ५१ सदस्यीय नगर कमिटि चयन गरिएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology