बुटवल,कार्तिक २७।
कामना सेवा विकास बैंकको १५ औँ वार्षिकउत्सवको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम भएको छ । क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना भएको बैङ्कले जनाएको छ ।कार्यक्रममा ७० युनिट रगत संकलन भएको बैंकका तारा कार्कीले नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।
लुम्विनी प्रदेश सांसद भोज प्रसाद श्रेष्ठ, बैंकका सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचन, बैंकका क्षेत्रिय प्रबन्धक लगायत कर्मचारीहरुको उपस्थितीमा शुभकामना आदान प्रदान गरि १५ औँ वार्षिकउत्सवको समारोह समेत सम्पन्न गरेको छ ।
बुटवल क्षेत्रमा रहेका २४ वटै शाखा कार्यालयहरुबाट सप्ताहव्यापी रुपमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान,बृक्षारोपण, सार्वजनिक स्थल सरसफाई तथा जनचेतनामुलक कार्यक्रम, विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम गरेको बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनालले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)