Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा बालविवाह अन्त्यका लागि दश वर्षे रणनीति तयार

लुम्बिनी प्रदेशमा बालविवाह अन्त्यका लागि दश वर्षे रणनीति तयार

  • 2.3K
    SHARES

  • लुम्बिनी प्रदेशमा बालविवाह अन्त्यका लागि दश वर्षे रणनीति तयार

    बुटवल,कार्तिक २६ ।

    बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति–२०७८ तयार भएको छ । सरकारको दश वर्षे रणनीति कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

    नेपालमा बालविवाहलाई दण्डनीय अपराध मानिए पनि व्यवहारिकरुपमा अन्त्य हुन नसकेपछि बालविवाहमुक्त लुम्बिनी प्रदेश बनाउने दूरदृष्टि राखेर यो रणनीति बनाइएको कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले बताईन् ।

    उनले प्रदेश सरकारले मात्रै चाहेर बालविवाह नियन्त्रण सम्भव नभएकाले सबै सङ्घसंस्था र नागरिकको सहयोग आवश्यक भएको धारणा राखीन् ।

    सन् २०३० सम्म प्रदेशका सबै स्थानीय तहमा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेर प्रदेश सरकारले ल्याएको रणनीतिमा सबै पालिकामा बालविवाहको स्थिति अध्ययन र विश्लेषण गरिने, सबै स्थानीय तहसँगको समन्वयमा विद्यालय बाहिर रहेका किशोरकिशोरीलाई सीप र सचेतनाको माध्यमबाट सशक्तीकरण गरी बालविवाहविरुद्ध परिचालन गर्ने कार्यक्रम बनाइएको छ ।

    नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह मानी निषेध गरे पनि धार्मिक, सामाजिक तथा विभिन्न कारणले बालविवाह हुने गरेका छन् ।

    यसको नियन्त्रणका लागि जोखिममा परेका बालिकाको संरक्षण गर्ने, समुदायमा निगरानी गर्ने, जोखिममा रहेका किशोरकिशोरीको सशक्तीकरण गर्नेजस्ता कार्यक्रमलाई प्राथमिकता राखेर रणनीति बनाइएको पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology