Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्रीको सचिवालयका ५ जनामा कोरोना संकमण पुष्टि

प्रधानमन्त्रीको सचिवालयका ५ जनामा कोरोना संकमण पुष्टि

  • 2.8K
    SHARES

  • प्रधानमन्त्रीको सचिवालयका ५ जनामा कोरोना संकमण पुष्टि

    बुटवल,असोज १७-

    प्रधानमन्त्रीको किचेन क्याबिनेटका अधिकांश सदस्यमा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी रहेका छन् ।

    शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनीहरूले सामाजिक सञ्जालमार्फत आफूहरूमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेका हुन् । उनीहरूले केही दिनयता सम्पर्कमा रहेका व्यक्तिलाई सचेत रहनसमेत आग्रह गरेका छन् ।

    ‘हिजोको पीसीआर परीक्षणले म मा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु’, रिमालले फेसबुकमा लेखेका छन् ।

    पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि :

    पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त भएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology