Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्दै

रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्दै

  • 1.9K
    SHARES

  • रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्दै

    बुटवल,कार्तिक २६ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ ।

    केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेता पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन् । बैठक शुक्रबार दिउँसो बस्ने पौडेल निकट केन्द्रीय सदस्य गुरु घिमिरेले बताए ।

    पौडेल समूहले केन्द्रीय समिति बैठकमा आफ्नो समूहबाट साझा धारणा बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुको बैठक बोलाएको जनाएको छ ।  बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए ।

    कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्न बताइएको छ ।

    कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । कांग्रेसले वडा अधिवेशन नभएका जिल्लाहरुमा कात्तिक २७ गतेदेखि अधिवेशनका कार्यक्रम सुरु गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology