Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

रोशन नेपाल स्मृति प्रतिष्ठानद्वारा छात्रवृति वितरण

रोशन नेपाल स्मृति प्रतिष्ठानद्वारा छात्रवृति वितरण

  • 2.2K
    SHARES

  • रोशन नेपाल स्मृति प्रतिष्ठानद्वारा छात्रवृति वितरण

    बुटवल,कात्तिक २६ । 

    रोशन नेपाल स्मृति प्रतिष्ठानले छात्रवृति वितरण र असहाय विद्यार्थीलाई सहयोग गरेको छ । प्रतिष्ठानले छैठाैँ वार्षिक पूण्यतिथीको अवसरमा नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमामा  सो कार्यक्रम गरेको हो ।

    प्रतिष्ठानले उजिरसिंह माविका कक्षा १० मा अध्यननरत विद्यार्थी तारालाल भण्डारी, कक्षा ९ की गोमा भण्डारी, पूर्व प्रधानाध्यापक कालिका मावि बुटवलका कौशल राज वस्याललाई सम्मान एवं अनाथ तथा असहाय महिला कल्याण समाजका अध्यक्ष मैनादेवी भण्डारीलाई कपी, कलम, तन्ना, तकिया, खोल सेट हस्तान्तरण गरेको अध्यक्ष डा रामचन्द्र आचार्यले बताए ।

    त्यस्तै सिद्धार्थ वोडिङ स्कुलका उत्कृष्ठ विद्यार्थी अनितादेवी राना, महाविर इङिगलस स्कुल बुटवलका सल्मा अन्सारी, अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई आश्रम आश्रित बालबालिकाको खाद्य सहयोगका वापत ६ हजार ५ रुपैया हजार नगद हस्तान्तरण गरिएको प्रतिष्ठानका सचिव कृष्ण प्रसाद नेपालले बताए ।

    सोही कार्यक्रम अन्तर्गत बुटवल उमहानगरपालिका वडा नम्बर २ का जेष्ठ नागरिक  ९९ वर्षीय पूतला देवी अर्गाली र ९४ वर्षिय लाली देवी थापालाई नगद, हर्लिक्स, फलफूल तथा दोसल्ला ओढाई सम्मान गरिएको सचिव नेपालले बताए ।

    कार्यक्रममा प्रमुख अतिथी रामचन्द्र ढकाल, प्रतिष्ठानका संरक्षक सवित्री नेपाल, आश्रमका अध्यक्षकृष्ण प्रसाद शर्मा, पूर्व सम्मानित ऋषिराम भुसाल, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु मोहनराज शर्मा, ज्ञानु लिगल, शरद भुसाल, रोहित नेपाल,  मैनादेवी भण्डारी, घनश्याम गौतम, कौशल राज बस्याल प्रतिष्ठानका सल्लाहकार शिव नेपाल पत्रकार दिपेश पछाईको उपस्थिती रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology