Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

रक्तिम परिवारकी शशक्त गायिका लक्ष्मी गुरुङको निधन

रक्तिम परिवारकी शशक्त गायिका लक्ष्मी गुरुङको निधन

  • 2.0K
    SHARES

  • रक्तिम परिवारकी शशक्त गायिका लक्ष्मी गुरुङको निधन

    बुटवल,कात्तिक २६ । 

    चर्चित गायिका लक्ष्मी गुरुङको निधन भएको छ । उनको उपचारकै क्रममा रुपन्देहीको यूनिभर्सल मेडिकल कलेज अफ भैरहवामा मृत्यु भएको हाे ।

     दमको रोगी ६० वर्षीया गुरुङलाई दम र निमोनियाका कारण थला परेकी थिइन् । उनी विस २०४७ सालदेखि रक्तिम परिवारमा आवद्ध थिइन् । बुटवल चाँदबारीमा घर भएकी उनले रक्तिम जनगिती यात्रा भाग ४ बाट निरन्तर स्वर दिँदै आएकी थिइन् ।

    उनले रक्तिम सांस्कृतिक अभियानका प्राय गीतमा गायक जीवन शर्मासँगै सुमधुर स्वर दिएकी छन् ।

    उनी भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान बुटवलकी उपाध्यक्ष समेत हुन् ।  झण्डै ४ दर्जन गीतहरु गाइसकेकी गुरुङका ‘यो मेरो जिवन’, ‘नेपाली माटोमा फुलेको फुल’, ‘परदेशीको सपना’, ‘सामान्तले नौ जाल वुन्छ’ लगायतका बोलहरु चर्तित छन् । उनी राष्ट्रिय जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानको केन्द्रिय सल्लाहकार हुन् ।

    कलाकार गुरुङलाई राष्ट्रिय जनमोर्चाले शुक्रबार बिहान झण्डा ओढाएर सम्मानसहित बुटवल हिलपार्क स्थित गुरुङ डाँडामा श्रद्धाञ्जलीसहित अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।laxmi.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology