Logo बिहिवार, आश्विन १ गते २०८३
images

मूल्यवृद्धिविरूद्ध बुटवलमा अनेरास्ववियुको चक्काजाम

मूल्यवृद्धिविरूद्ध बुटवलमा अनेरास्ववियुको चक्काजाम

  • 1.8K
    SHARES

  • मूल्यवृद्धिविरूद्ध बुटवलमा अनेरास्ववियुको चक्काजाम

    बुटवल,कात्तिक २५ ।

    नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध बुटवलमा चक्काजाम गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विद्यार्थीले बिहीबार बुटवलमा चक्काजाम गरेर विरोध गरेको हुन्। 

    अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएको नागरिक अनलाइनलाइ बताए। मूल्यवृद्धिले सबैभन्दा बढी मार विद्यार्थीलाई परेको उनले बताए। चक्काजाममा अनेरास्ववियू केन्द्रिय सदस्य साजन भण्डारी र नविन सारुले सम्बोधन गरेका थिए।

    यता नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।  संघका महामन्त्री बलदेव तिमल्सिनाले उपभोक्तालाई पीडा दिने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति भर्त्सना गरेका छन्।

    उनले भने, ‘मूल्यवद्धि जनविरोधी कार्य हो। अत्यावश्यकीय उपभोग्य वस्तुमाथि पटकपटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेको अवस्थामा सरकारलाई उक्त मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु।’ 

    सरकारले बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य १३६ रुपैयाँ प्रतिलिटर, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ कायम गरेको छ। यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ बनाइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology