Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मन्दिर जीर्णोद्धार र दिव्यधाम बनाउन बागलुङको गलकोटमा धार्मिक महोत्सव

मन्दिर जीर्णोद्धार र दिव्यधाम बनाउन बागलुङको गलकोटमा धार्मिक महोत्सव

  • 1.8K
    SHARES

  • मन्दिर जीर्णोद्धार र दिव्यधाम बनाउन बागलुङको गलकोटमा धार्मिक महोत्सव

    कौरव खत्री/बागलुङ,कार्तिक २५ ।

    बागलुङको गलकोटमा मन्दिर जीर्णोद्धार एंव विविध सेवा सहितको दिव्यधाम बनाउनको लागि बृहत धार्मिक महोत्सव गरिने भएको छ ।

    गलकोट नगरपालिका ९ रिस्मी छिस दरबारमा आँउदो मंसिर ६ देखि २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्रीलक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव गरिने दिव्यधाम सञ्चालन तथा महायज्ञ सम्पादन समितिका अध्यक्ष  इन्द्रमणि सापकोटाले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    २०२५ सालमा स्थापना भएको श्रीलक्ष्मीनारायण मन्दिरलाई जीर्णोद्धार गर्ने र विविध  सेवा सहितको दिव्यधाम सञ्चालन गर्ने उद्देश्य अनुरुप धार्मिक महोत्सव गर्न लागिएको दिव्यधाम सञ्चालन तथा महायज्ञ सम्पादन समितिका उपाध्यक्ष नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    धार्मिक महोत्सवका आकर्षकको रुपमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुको सहभागिता हुने सन्तहरुको कुम्भ मेला एंव झाँकी एंव साँगतिक प्रस्तुतीहरु सहित आधुनिक तरिकाले  महोत्सव गरिने कथा बाचक गुरु श्री सुदर्शन रामानुजदास जीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    पन्ध्र दिनसम्म सञ्चालन हुने धार्मिक महोत्सवमा ५ करोड आर्थिक संकलन गर्ने उद्देश्य रहेको दिव्यधाम सञ्चालन तथा महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटले जानकारी दिनुभयो ।

    धार्मिक महोत्सव नजिकीदै गर्दा यतिबेला प्रचार प्रसार र व्यवस्थापन कार्यसँगै आर्थिक संकलन अभियानलाई समेत अगाडी बढाइएको आयोजकले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology