दार्चुला,कात्तिक २४ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कब्जामा रहेको नेकपा एमालेको भविष्य नभएको बताएका छन्।
दार्चुलामा एकीकृत समाजवादी पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। ‘केपी ओलीको कब्जामा रहेको एमालेको भविष्य छैन। भविष्य एकीकृत समाजवादीमा नै रहेको छ,’ उनले भने, ‘यसलाई सशक्त बनाउन अझै केही नयाँ–नयाँ पार्टीहरुसँग कुराकानी चलिरहेको छ।’
उनले समाजवादी उद्देश्यले नयाँ पार्टी निर्माण गरिएको भन्दै नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टीले क्रान्तिकारी झण्डा बुलन्द गर्ने बताए।
उनले पार्टीको झण्डा र कलम चिन्ह बोकेर गाउँ–गाउँमा जान कार्यकर्तालाई निर्देशन समेत दिए। ‘चुनाव आउन गइरहेको छ। अब तपाईंहरु सशक्त भएर गाउँ–गाउँ जानुपर्छ,’ उनले भने, ‘ राष्ट्रिय सभा र उपनिर्वाचनमा पाँच पार्टी मिलेर चुनावमा जाने वाला छौं।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)