बुटवल,कार्तिक २३।
हराएका मोबाइलहरु फेला पारी रुपन्देही प्रहरीले सम्बन्धित धनिहरुलाई बुझाएको छ । विभिन्न मितिमा हराएका १७ वटा मोबाइल फेला पारी मंगलबार सम्बन्धित धनिहरुलाई बोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
मोबाइलको आएमईआई नम्बरको आधारमा अनुसन्धान गरी सीमकार्ड राखी प्रयोग गरिएकै अवस्थामा बरामद गरीएको थियो । मोबाइल हराएका व्यक्तिहरुले प्रहरी कार्यालयमा आएमईआई नम्बरसहित उजुरी गरेको अवस्थामा उक्त मोबाइलको लोकेशन पत्ता लगाई फेला पार्न सकिने प्रहरीको भनाइ छ ।
उनीहरूले रूपन्देही प्रहरीलाई धन्यवाद दिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)