Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

छठ पर्व विधिवत रुपमा सुरु

छठ पर्व विधिवत रुपमा सुरु

  • 1.7K
    SHARES

  • छठ पर्व विधिवत रुपमा सुरु

    बुटवल,कार्तिक २२।

    तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ । 

    आज कात्तिक शुक्ल चौथीको दिन ‘नहाय खाय’ गरी छठ व्रतालुहरूले घरआँगन चोख्याउने गर्दछन् । विगतमा मिथिला र तराईमधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार भएको छ । 

    अहिले काठमाडौं उपत्यकादेखि पहाडी जिल्लाहरुमा समेत छठ मनाउन थालिएको छ । परापूर्वकालदेखि नै प्रत्यक्ष देखिने र अनुभव गरिने सूर्य देवको आरधाना गरी समूहमा सद्भावका साथ यो पर्व मनाइने भएकाले यसलाई लोक व्यवहार र लोक पद्धतिको पर्वका रूपमा समेत लिने गरिएको छ । 

    छठ पर्वमा सबै जातजाति मिलेर आवश्यक पूजा सामग्री तयार पारिने भएकाले यो सबैको पर्व हुन गएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology