Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

सल्यान बस दुर्घटना : मृत्यु हुने सबैको पहिचान खुल्यो (नामावलीसहित)

सल्यान बस दुर्घटना : मृत्यु हुने सबैको पहिचान खुल्यो (नामावलीसहित)

  • 1.3K
    SHARES

  • सल्यान बस दुर्घटना : मृत्यु हुने सबैको पहिचान खुल्यो (नामावलीसहित)

    बुटवल,कार्तिक २२।

    सल्यानमा भएको बस दुर्घटनामा परि मृत्यु हुने सबैको पहिचान भएको छ । मृत्यु हुनेमा १० महिला र २ जना पुरुष छन् । सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो ।प्रहरीका अनुसार ८ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको थियो।चालक भने फरार भएका छन् ।bus acc.jpeg

    मृत्युु हुनेमा सल्यानको शारदा नगरपालिका १२ कि हाल दाङको तुलसिपुर उपमहानगरपालिका ६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका २ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका ३ कि ६६ वर्षीया लिला बुढाथोकी रहेका छन् ।त्यस्तै सल्यानको त्रिवेणी गाउँपालिका १ काभ्राकी २४ वर्षीया मिना शाही, त्रीबेणी ४ कि ९ वर्षीया सरिता बोहरा र छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओलीको पनि मृत्यु भएको छ ।

    त्यसैगरी दाङको बबई गाउँपालिक  ४ कि ६० वर्षीया डुलि रेउले, बबई गाउँपालिका ६ की ७० वर्षीया कलावती बुढाथोकी, घोराही उपमहानगरपालिका नारायनपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी, घोराही १० बस्ने बर्ष ३६ कि रुपा केसी, शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङका ५ वर्षीय सुरज ओली रहेका छन् ।दुर्घटनामा परि २८ जना घाइते भएका छन् । जसमा १५ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरू अधिकांश सल्यान र दाङका रहेका छन् भने रोल्पा र एकरएकजना प्यूठानका रहेका छन् ।

     गम्भीर घाइते ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ । हेलिकप्टरले तीन सिफ्टमा बिरामीहरुको उद्धार गरेको हो ।

    नामावली :

    a.jpg2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology