बुटवल,कार्तिक १६ ।
सिद्धार्थ सिर्जनशील समाज एवं युनिक मुभिजको आयोजनामा श्रष्टा सम्मान कार्यक्रम रुपन्देहीको मोतिपुरमा सम्पन्न भएको छ ।
सिद्धार्थ सिर्जनसिल समाजका अध्यक्ष बाबुराम घिमीरेको अध्यक्षता भएको कार्यक्रममा संविधान सभा सदस्य इस्तीयाक खानले कलाकार र कलाकारिताले समाजमा व्याप्त नकारात्मक भावना हटाउन अतिनै सहयोग गरेको र यस्ता कार्यक्रमले जो वृद्ध असहाय अनाथ छन तिनिहरुलाई सहयोग हुने औल्याउदै यस्ता कार्यक्रम आगामि दिनमा पनि संञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा बिगत ३० बर्ष देखि पत्रकारिता बाट समाज परिवर्तनमा लागि काम गर्नु भएका राज्य टेलिभिजनका दामोदर खनाल , उप–प्राध्यापक योगराज पोखरेल समाजसेवी रमेश खनाल र रारा सैजुलाई सम्मान गरिएको थियो ।
कांग्रेस बुटवल नगर उपसभापति ज्योती भण्डारीले पत्रकार, कलाकार,समाजसेवीको सम्मान राज्यले गर्न नसेको बताउनुभयो । उहाँले कला कलाकारको लागि स्थानीय संघ सस्था र देखी सवै सम्मान र बिषेश ध्यान दिनको लागि आग्रह गर्नु भयो ।
सो अवसरमा स्थानीयदेखी राष्ट्रियस्तरका कलाकारहरुले आ-आफ्नो प्रस्तुती देखाएका थिए । कार्यक्रमा अधिवक्ता जोग बहादुर क्षेत्री , पत्रकार दामोदर खनाल, समाजसेवी रमेश खनाल, समाजसेवी रारा सैजु लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा स्वागत युनिक मुभिजका निर्देशक बिजय पोखरल र संचालन बिकास भट्टराईले गर्नुभएको थियाे ।सिर्जनशील समाजले वृद्ध असहाय अनाथ सहयोगार्थ बिबिध कार्यक्रम गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)