Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

  • 1.5K
    SHARES

  • नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

    बुटवल,कात्तिक १६ ।

    नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो । 

    दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नोजल ल्यान्डिङ गियर भाँचिएको र धावनमार्गमै रोकिएको एसपी श्याम कृष्ण अधिकारी जानकारी दिए । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको अधिकारीले बताए ।

    विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो । अहिले विमान धावनमार्गबाट हटाउने काम भईरहेको छ भने विमानस्थल बन्द गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology