बुटवल,कार्तिक १४ ।
लायन्स क्लव अफ बुटवल भृकुटी टाउनले अस्पतालका बिरामीलाइ फलफूल तथा जुस बितरण गरेको छ ।
क्लव स्थापना दिवसको अवसरमा बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालको आकस्मिक बिभागमा उपचाररत ९० जना बिरामीहरुलाइ फलफूल तथा जुस बितरण गरिएको हो ।
क्लवका अध्यक्षा दीपक कार्कीको अध्यक्षातामा भएको कार्यक्रममा डिस्ट्रिक चिफ दीपककुमार श्रेष्ठ,एओजि शोभाखर पोखरेल, डिस्ट्रिक मेम्बर कोशलराज गैरे,रमेश कार्की,हरि कार्की,क्लवका सचिव सिर्जना चापागाइ,कोषाध्यक्ष पिताम्बर शर्मा लगायतले बोल्दै मानवीय सेवा नै बास्तबिक समाजसेवा भएको बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)