बुटवल,कात्तिक १४ ।
मन्जुश्री असहाय संरक्षण केन्द्र रुपन्देहीले शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । रुपन्देही शाखाकी अध्यक्ष कुसुम पौडेलको अध्यक्षातामा भएको कार्यक्रममा संरक्षण केन्द्रकी लुम्बिनी प्रदेश प्रमुख शान्ति बराललाई बधाइ तथा सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी केन्द्रकी लुम्बिनी प्रदेश सम्योजक बरालले मन्जुश्रीको गन्तव्य महिला बालबालिका जेष्ठ नागरिक माथि हुने हिंसा र शोषणको अन्त्य रहेको बताइन् । उनले समाजमा हुने सबैप्रकारको हिंसाको अन्त्य हुनुपर्ने धारणा राखिन् ।
सो कार्यक्रमको संचालन केन्द्री सचिब बिन्दु ज्ञवालीले गरेकी थिइन् । सोही अवसरमा आउदै गरेका सबै चार्डपर्वहरुको अवसरमा शुभकामना आदान-प्रदान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)