Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशको रुपमा विकास गरिनेछ : ऊर्जा मन्त्री वीरबहादुर राना (भिडियाे )

लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशको रुपमा विकास गरिनेछ : ऊर्जा मन्त्री वीरबहादुर राना (भिडियाे )

  • 2.8K
    SHARES

  • लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशको रुपमा विकास गरिनेछ : ऊर्जा मन्त्री वीरबहादुर राना  (भिडियाे )

    बुटवल,कार्तिक १३ ।

    लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशको रुपमा विकास गरिने बताएका छन् । त्यसको सुरुवात पाल्पाबाट हुने मन्त्री रानाको भनाइ छ ।

    बगनासकाली पाल्पा–रुपन्देही एकता समाज, बुटवल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री रानाले जनस्रोतमा धनी भए पनि त्यसको सही उपयोग हुन नसक्दा पछाडि परिएको बताए ।

    ‘जनस्रोतका उपयोग नहुँदा हामी पछाडि परेका छौं । कृषिको विकास गर्न सिंचाइको खाचो छ । अब हामी सिचाइ र विद्युत्मा आमूल परिवर्तन गरी प्रदेशलाई उज्यालो र सिंचाइ सुविधा बढाउँछौं ।’ मन्त्री रानाले बताए । 

    कृषि विकासको आधार सिंचाइ रहेकोले आफ्नो ध्यान त्यसतर्फ रहेकोसमेत मन्त्री रानाले स्पष्ट पारे । आफ्नो ध्यान समग्र प्रदेशको विकासमा अब केन्द्रित हुने बताए ।

    कांग्रेस पाल्पाका सभापति समेत रहेका मन्त्री रानाले राजनीतिमा विसंगति मैलाउँदै गएको बताउँदै अब खवरदारी गर्न आवश्यक रहेकोसमेत बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology