Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले पार्टी हाेइन,केपी फाउण्डेसन हो : माधबकुमार नेपाल

एमाले पार्टी हाेइन,केपी फाउण्डेसन हो : माधबकुमार नेपाल

  • 2.1K
    SHARES

  • एमाले पार्टी हाेइन,केपी फाउण्डेसन हो : माधबकुमार नेपाल

    स्याङ्जा,कात्तिक १२ ।

    पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी )का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेलाइ  कुनै पार्टी नभएर केपी ओली फाउण्डेसनको संज्ञा दिएका छन् ।

    कुनैपनि पार्टीमा व्याक्ति प्रदान हुदैन अध्यक्ष नेपालले भने,‘पार्टीमा नीति, सिद्धान्त र बिचार प्रदान हुन्छ ।’ ओलीले नेतृत्व गरेको पार्टी कम्पनी हो यसको बिलय हुन समय लाग्दैन -उनले भने ।

    विचार नसुन्ने, कार्यकर्ताको भावना माथी कुठाराघात गर्ने प्रतिगमनका मतियार बन्ने ओली प्रबृत्ति बिरुद्ध बिद्रोह गर्न बाध्य भएको अध्यक्ष नेपालले बताए । नेपालको इतिहासमा बिद्रोह गरेको कम्युनिष्ट पाटी फस्टाएको उदाहरण दिदै अध्यक्ष नेपालले ओलीले नेतृत्व गरेको फाउण्डेसन पार्टी केशरजंग रायमाझी भन्दा फरक नहुने जिकिर गरे ।

    नेपाल कम्युनिष्ट पाटी एमाले विभाजन पछि नयाँदल निमार्ण गरेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी ) ले स्याङ्जामा शुक्रवारबाट पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा (एस) भन्ने पाटीमा कार्यकर्ता नै नभएको आरोप नेकपा एमाले स्याङ्जाले लगाउदै आएको थियो । यसको चुनौती दिदै नेकपा (एस) को केन्द्रीय अध्यक्ष माधबकुमार नेपालको प्रमुख आथित्यतामा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरिएको हो । 

    करिब ४५ मिनेट भाषण गरेका अध्यक्ष नेपालले अधिकांश समय नेकपा एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्नेमै खर्चिएका थिए । सरकारमा रहदा अर्वौ आर्थिक भष्टचार गरेको आरोप लगाउदै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई धुजा धुजा बनाउन ओली तल्लिन रहेको बताए ।

    एकिकृत समाजबादीको शक्ति सुदुर पश्चिममा हेर्नुपर्ने बताउदै नेता नेपालले समाजबादीको शक्ति देखेर केपी ओलीको निद हराम भएको जिकिर गरे ।  सुदुरपश्चिममा हाम्रो पार्टी पहिलो र एमाले चौथो रहेको बताउदै अध्यक्ष नेपालले आगामी निर्वाचनमा एमाले चौथो पार्टी बन्ने ढोकुवा गरे ।  

    ओलीको कामै अग्रगमनको बिरोध गर्ने र प्रतिगमनको मतियार भएको बताउदै पुर्व प्रधामन्त्री समेत रहेका नेपालले सत्ताबाट हट्ने डरले दुई दुई पटक प्रतिनिधी सभा बिघटन गरेको आरोप लगाए ।  

    पार्टीमा बिचार, सिद्धान्तका काम ठिक भएमा सबैले वाह वाह भन्ने बताउदै बिचार नभएकोलाई बाई बाई गनुपर्ने नेपालले बताए । आगामी निर्वाचनमा काग्रेस, माओबादी, समाजबादी, जसपा, जनमोर्चा मिलेर चुनाब लड्ने बताउदै नेपालले आगामी चुनाबमा ओली फाउण्डेसनको भबिष्य सकिने दावी गरे ।

    उद्घाटन कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले अबको २० दिनमा १२ बर्ष माथिकालाई खोप लगाउन एक करोडको सम्झौता भएको बताए । १८ बर्ष माथीकाले खोप लगाइरहेको र चाडै सबैले लगाउने बताउदै मन्त्री खतिवडाले १२ बर्ष मुनिकालाई खोपले मान्यता पाएसगै ल्याउने बताए । ओली सरकारले कुनै लक्ष्य बिना सयौ अस्पताल काठमाडौ बसेर उद्घाटन गरेको बताउदै मन्त्री खतिवडाले पुर्जा र डीपीआर ल्याए अस्पताल खोल्न सरकारले रकम बिनियोजन गर्ने बताए । 

    कम्युनिष्टका ठुला दुई पार्टी एकिकृत हुदाँ जनतामा आसा जागेको बताउदै मन्त्री खतिवडाले जनताले दिएको बिश्वास माथी ओलीले घात गरेको आरोप लगाए ।

    उखान टुक्काले पार्टी र देश नचल्लने बताउदै यस्ता भ्रममा नपर्न सबैलाई मन्त्री खतिवडाले आग्रह गरे । कार्यक्रममा स्थायी कमिटी सदस्य रामजी शर्मा, केन्द्रिय सदस्य ताज महोम्बद मियाँ, जिल्ला इन्चार्ज प्रेम नारायण पौडेल, सांसद कलिलाँ खान,  जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई,  उपसचिब टिकाराम नेपाली लगायतले समाजवादी पार्टीलाई बलियो र गर्बिलो बनाउन सबै जुट्ने बेला आएको बताएका थिए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology