बुटवल,कार्तिक ९ ।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमालेको ध्यान सिंहदरबारभन्दा पनि निर्वाचनतिर केन्द्रित भएको बताएका छन्।
आफूहरू सरकार ढलाउने खेलमा नलागेको उनको भनाइ छ। नेकपा एमाले तिलोत्तमा नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्दै पौडेलले एमालेको ध्यान सिंहदरबारभन्दा पनि निर्वाचनमा भएको बताएका हुन्।
हामी सरकार ढलाउने खेलमा छैनौं, हाम्रो ध्यान निर्वाचनमा केन्द्रीत छ। निर्वाचनबाटै हामी फेरि सिंहदरबार छिर्छौुं, उनले भने।
उनले हाल सरकारबाट बाहिरिए पनि आफ्नो पार्टीको ध्यान सिंहदरबारमा नभएको स्पष्ट पारेका थिए। पालिका, प्रदेश र संघमा बहुमतका साथ जनताबाट चुनिएर मात्र सिंहदरबार जाने उनले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)