Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको १४ औँ महाधिवेशन : सभापतिको एउटै उम्मेदवार हुन्छ म उठ्छु : रामचन्द्र पौडेल

कांग्रेसको १४ औँ महाधिवेशन : सभापतिको एउटै उम्मेदवार हुन्छ म उठ्छु : रामचन्द्र पौडेल

  • 1.6K
    SHARES

  • कांग्रेसको १४ औँ महाधिवेशन :  सभापतिको एउटै उम्मेदवार हुन्छ  म उठ्छु : रामचन्द्र पौडेल

    बुटवल,कार्तिक ८ ।

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन् ।

    नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए ।

    “प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ”, उनले भने,-“कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ” उनले भने । उनले अब पनि समयमै अधिवेशन नहुँदा पार्टी सङ्कटमा पर्नसक्ने उनले बताए ।

    “पार्टीको अधिवेशन हुनुपर्छ, नत्र पार्टी वैधानिक सङ्कटमा पर्नसक्छ”, पौडेलले भने, “वैधानिक सङ्कटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौँ ।” संविधानको कार्यान्वयन गर्ने दायित्व काँग्रेसले नै पूरा गर्नुपर्ने उनको भनाइ छ । 

    कम्युनिष्ट पार्टीको नेतृत्वले जनताको अपेक्षा अनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताउँदै उनले काँग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तीलाई दोहोर्याउन नहुने सुझाव दिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology