Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैनाका ११ वटैमा एमालेले छान्यो सर्वसम्मत नेतृत्व (नामावलीसहित)

सैनामैनाका ११ वटैमा एमालेले छान्यो सर्वसम्मत नेतृत्व (नामावलीसहित)

  • 2.9K
    SHARES

  • सैनामैनाका ११ वटैमा एमालेले छान्यो सर्वसम्मत नेतृत्व (नामावलीसहित)

    बुटवल,कार्तिक ६ । 

    नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

    शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडाअधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।

    जस अन्तर्गत सैनामैना नगरपालिकामा रहेका ११ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको नेकपा एमाले सैनामैनाका नगर कमिटि अध्यक्ष चेतनारायण न्यौपानेले जानकारी दिनुभयो ।

    नगर भित्र रहेका जिल्ला, प्रदेश र केन्द्रिय नेतृत्वको सहभागितामा सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएको जिल्ला सदस्य एवम् नगर इञ्चार्ज खुसीराम चौधरीले बताउनुभयो । देशभर एक साथ भएको वडाअधिवेशन सैनामैना नगर भित्र पनि कार्यकर्ता र नेतृत्वबिचमा विवादरहित तरिकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको जिल्ला सचिवालय सदस्य एवम् सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । वडा नेतृत्व वडा नं. १ सैनामैना नगरपालिकामा रहेका वडाहरु मध्ये वडा नं. १ मा सूर्य विक्रम रानाको नेतृत्वमा वडा कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम भुसाल, सचिवमा ज्ञानेश्वर घिमिरे र उपसचिवद्धयमा सीता खनाल, धर्मेन्द्र चौधरी चयन हुनुभएको छ भने बाँकी सदस्यहरुमा हुनुहुन्छ ।

    वडा नं. २ वडा नं. २ मा अमर कंडेलको अध्यक्षतामा वडा कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा भिखु चौधरी, सचिवमा शेखर थापा र उपसचिवमाद्धय मदन पन्थी,कमला सुनार निर्वाचित हुनुभएको छ भने अन्य सदस्यहरुमा हुनुहुन्छ । वडा न.ं ३ त्यसैगरी वडा नं. ३ मा सुन बहादुर पुनको अध्यक्षतामा वडा कमिटि गठन गरिएको छ ।

    जसको उपाध्यक्षमा शिव ज्ञवाली, सचिवमा बसन्त रेग्मी र उपसचिवमाद्धयमा कर्ण बहादुर कार्की, छायादत्त शर्मा चयन भएको निर्वाचन कमिटिले जनाएको छ । वडा नं.४ वडा नं. ४ मा पिताम्बर न्यौपाने ( धर्म ) अध्यक्षतामा वडा कमिटि गठन गरिएको छ ।

    जसको उपाध्यक्षमा संजिब थापा, सचिवमा राम बहादुर क्षेत्री र उपसचिवमाद्धयमा केवल प्रसाद थारु, सावित्रा कुंवर रहनुभएको छ भने बाँकी सदस्यहरुमा रहेका छन् । वडा नं.५ त्यस्तै वडा नं. ५ मा प्रकाश पौडेलको नेतृत्वमा वडा कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा मन कुमारी राई , सचिवमा भिम सुबेदी र उपसचिवमाद्धयमा रिजन गहतराज र रामनारायण थारु रहनुभएको छ भने बाँकी सदस्यहरुमा रहेका छन् । वडा नं.६ वडा नं. ६ मा प्रकाश आचार्यको नेतृत्वमा वडा कमिटि गठन भएको छ ।

    जसको उपाध्यक्षमा खड्क बहादुर बि.क , सचिवमा आसिस पोखरेल र उपसचिवमाद्धयमा कमला अधिकारी, कमल भण्डारी रहनुभएको छ भने बाँकी सदस्यहरुमा रहेका छन् । वडा नं.७ त्यस्तै वडा नं. ७ मा भिमकान्त न्यौपानेको नेतृत्वमा वडा कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा दिपेन्द्र भणडारी, सचिवमा टेक प्रसाद बस्याल र उपसचिवमाद्धयमा अम्बिका गैरे र कृष्ण बहादुर राना निर्वाचित हुनुभएको छ भने बाँकी सदस्यहरुमा रहेका छन् ।

    bhim.jpg वडा नं. ८ वडा नं. ८ मा खिमलाल ढकालको अध्यक्षतामा वडा कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा इश्वरी भण्डारी, सचिवमा नारायण न्यौपाने र उपसचिवमाद्धयमा शोभाखर पाण्डे र लक्ष्मी चौधरी चयन हुनुभएको छ भने बाँकी सदस्यहरुमा रहेका छन् ।

    वडा नं. ९ त्यसैगरी वडा नं. ९ मा डोलनाथ भण्डारीकोे अध्यक्षतामा वडा कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा रामचन्द्र पौडेल, सचिवमा विष्णुमाया बिक र उपसचिवमाद्धयमा नेत्र प्रसाद न्यौपाने र प्रेमिका पुरी बराल चयन हुनुभएको छ भने बाँकी सदस्यहरुमा रहेका छन् ।

    वडा नं. १० वडा नं. १० मा कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा वडा कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा कुल बहादुर जि.सी, सचिवमा गोबिन्द अधिकारी र उपसचिवमाद्धयमा माया पौडेल र ओम नारायण पाण्डे चयन हुनुभएको छ । अन्य सदस्यहरुमा हुनुहन्छ । वडा नं. १० र वडा नं. ११ मा रामु भुसालको अध्यक्षतामा वडा कमिटि गठन गरिएको छ ।

    जसको उपाध्यक्षमा ऋषि खरेल, सचिवमा लिलाराम सापकोटा र उपसचिवमाद्धयमा देविराम रेग्मी र कल्पना अधिकारी बेल्वासे चयन हुनुभएको छ भने अन्य सदस्यहरुमा हुनुहुन्छ ।

    एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology