बुटवल,कार्तिक ४ ।
उच्च शिक्षा अध्ययनको सपना बोकेका विद्यार्थीहरूका लागि बुटवलमा एजुकेशन पार्क संचालनमा आएको छ ।
बुटवल ८ चाैराहा (काठमाडाैं बसपार्क) नजिकै संचालनमा आएको शैक्षिक परामर्श सेवाप्रदायक कम्पनी एजुकेशन पार्कले भाषा कक्षा तथा शैक्षिक परामर्श सेवा दिने एजुकेशन पार्कका एक्जुकेटिभ डाइरेक्टर राजेश ज्ञवालीले नागरिक अनलाइनलाइ बताए ।
उनले शिक्षाका लागि विश्वमै उत्कृष्ट मानिने अस्ट्रेलिया,क्यानडा, बेलायत,अमेरिका र न्युजिल्याण्ड लगायतका गन्तव्यहरुका निम्ति यसले परामर्श समेत समेत जानकारी दिए ।
आम विद्यार्थी र अभिभावकको नजरमा आकर्षक तथा विश्वसनीय संस्थाको रुपमा काम गरिरहेको काउन्सिलर अंकित श्रेष्ठले बताए ।
काठमाडाैँमा सन् २०१२ मा स्थापना भएको एजुकेशन पार्कमार्फत अहिलेसम्म ५ हजार ३ सय भन्दा धेरै बिद्यार्थीलाइ अध्ययनका लागि गैसकेका छन् । आइएलटीएस,पीटीइ,जिम्याट,जीआरइ,टाेफेल लगायतका कक्षाहरू शुरू भैसकेको पार्कले जनाएको छ।
लुम्बिनी प्रदेश र यसक्षेत्रका बिद्यार्थीका लागि सहज गन्तब्य र परामर्श केन्द्रका रूपमा काम भैरहेको मार्केटिङ म्यानेजर डिआर भण्डारीले जानकारी दिए ।
याे संस्था एजुकेशन एजेन्सी अफ द ईयर विधामा द पायनीयर अवार्ड - २०१९ र २०२० मा समेत मनोनित भएको थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)