Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘अहिले धेरै नबाेलाैँ को कति पानीमा छ अबको निर्वाचनले देखाउँछ’: मन्त्री कृष्णकुमार श्रेष्ठ

‘अहिले धेरै नबाेलाैँ को कति पानीमा छ अबको निर्वाचनले देखाउँछ’: मन्त्री कृष्णकुमार श्रेष्ठ

  • 2.5K
    SHARES

  • ‘अहिले धेरै नबाेलाैँ को कति पानीमा छ अबको निर्वाचनले देखाउँछ’:  मन्त्री कृष्णकुमार श्रेष्ठ

    बुटवल,कार्तिक ३ ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तिहारलगत्तै सरकारको स्पिड बढ्ने बताउनुभएको छ । उहाँले अहिले मन्त्रालयको कार्ययोजना बनाउने काममा ब्यस्त भएको भन्दै तिहारलगत्तै स्पिड बढ्ने दाबी गर्नुभयो ।

     नेकपा एकिकृत समाजवादी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले देखिने गरी काम गर्ने दाबी गर्नुभयो ।  

    नेकपा (एकिकृत समाजवादी) का नेता समेत रहेका उहाँले समाजवादीबाट गएका मन्त्रीहरूको देखिने गरी काम गर्ने श्रेष्ठको भनाई छ ।   मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण बैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोगेका समस्या समाधानका लागि कुटनीतिक रुपमा पहल गरिरहेको समेत बताउनुभयो ।

     उहाँले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएको समस्या, श्रम कार्यालयहरुलाई दिने सेवालाई छिटो छरितो बनाउने, श्रम सम्झौता भएका देशहरुसँग परापर्श गर्ने लगायतका काम भइरहेको बताउनुभयो । 

    नेकपा एमालेका गफ अब कसैले नसुन्ने भन्दै उहाँले अबको निर्वाचनमा बाकसमा कस्को कति तागत र जनमत छ प्रष्ट देखिने बताउनुभयाे ।

    कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्यहरु डा बालकृष्ण चापागाँइ,राजु गुरुङ,सिद्धिचरण भट्टराइ लगायतले बाेलेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology