Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टाभित्र नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

२४ घण्टाभित्र नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

  • 1.5K
    SHARES

  • २४ घण्टाभित्र नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

    बुटवल,कात्तिक २ ।

    बिगत २४ घण्टाभित्र नेपालमा थप एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
    देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    मन्त्रालयका अनुसार कूल नौ हजार ९१६ जनाको नमूना परीक्षण गर्दा एक हजार ९६ जनामा कोरोना पोजिटिभ देखिएको हो।

    जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ९५७ र एन्टिजेन विधिबाट १३९ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल आठ हजार १४० जनाको पीसीआर र एक हजार ७७६ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।   

    उक्त अवधिमा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, एक हजार चार जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology