Logo बिहिवार, आश्विन १ गते २०८३
images

जन्मथलो बुलिङटारमा पत्रकार परियार सहित चार जना सम्मानित 

जन्मथलो बुलिङटारमा पत्रकार परियार सहित चार जना सम्मानित 

  • 5.1K
    SHARES

  • जन्मथलो बुलिङटारमा पत्रकार परियार सहित चार जना सम्मानित 

    नवलपुर ,असोज २८ ।

    पूर्वी नवलपरासीको प्रस्ताविक बुलिङटार जेसिजले जन्मथलो बुलिङटार भई हाल विभिन्न पेशामा कार्यरत व्यक्तिलाई सम्मान गरेको छ । विहिबार दशैको अवसरमा शूभकामना आदान प्रदान कार्यक्रम गरि जेसिजले बुटवल पत्रकारिता क्षेत्रमा क्रियाशिल नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव विनोद परियार सहित ४ जना सम्मानित भएका हुन । 

    सम्मानीत हुनेमा पूर्व जिल्ला शिक्षा अधिकारी तथा गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनितिक सल्लाहकार  खडक बहादुर कमाल, सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र पाटा र चितवन मेडिकल कलेजका प्राध्याक पशुपति रानाभाट रहेका छन । उच्च अदालत तुल्सिपुर नेपालगञ्ज ईजलाशका न्यायधिश ध्रुवराज नन्द र प्रस्ताविक बुलिङटार जेसिजका अध्यक्ष सन्दिप श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

    बुलिङटारमा जन्मिएका न्यायधिस नन्दले जन्मथलोभन्दा बाहिर रहेका व्यक्तिहरूको अनुभवलाई गाउको विकासमा लगानुपर्ने बताए । उक्त अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनितिक सल्लाहकार खड्क बहादुर कमालले गाउँको विकासका लागि सबै एक जुट हुनुपर्ने बताए ।

    कार्यक्रममा बुलिङटार गाउपालिकाका वडा न ३ का वडाअध्यक्ष याम बहादुर झेडि,  नेपाल पत्रकार महासंघ रूपन्देही सचिव विनोद परियार, प्रहरी निरीक्षक नरेन्द्र पाटा, त्रिभुवन माविका पूर्व प्रधानाध्यापक बाबुराम गौतम लगमयतले बोल्दै बुलिङटारको विकास हुन नसकेको भन्दै अब त्यसलाई चिर्नुपर्ने बताए ।

    बुलिङटार जेसिजले यसवा नेतृत्व विकासमा काम गर्ने गरि कार्यक्रम गर्ने कार्यकारी उपाध्यक्ष भविलाल रानाले जानकारी दिए । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षता, कार्यकारी उपाध्यक्ष तेजमान श्रेष्ठ र सदस्य बाबुराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    bnod.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology