बुटवल,असाेज २५ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको मोतिपुरका वास्ताविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुमबासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । साथै मृतकका परिवारलाई जनही १ लाख राहतस्वरुप प्रदान गर्ने जानकारी दिनुभयाे ।
सोमबार बसेको सुरक्षा समितिको बैठकमा यस्तो निर्देशन दिनुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या सामाधान सुझव कार्यकालमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपेन्देहीको प्रतिनिधी, नापी कार्यालय रुपेन्देही प्रतिधिनी, औद्योगिक ग्राम रुपेन्देहीको प्रतिनिधी, भूमिहिनकोको प्रतिधिनी लगायतको टोलीले सम्मेलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।
यसैगरी प्रदेश सरकारकाबाट मोतिपुर घटनाका मृत्यकहरुमा समवेदना व्यक्त गर्ने, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने, सो घटनाका मृत्यकका परिवारलाई प्रतिव्यक्ति १ लाख राहत प्रदान गर्नका लागि मुख्यमन्त्री कुुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गर्नुभएको थियो । यसैगरी दुवै पक्षबाट भएका घाइतेहरुको उपचारको जिम्मेवारी राज्यले लिने बताउनुभयो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनको लागि सतर्क हुन र सबैलाई सम्वेदनशील बन्नका लागि अनुरोध गर्दै आगामी दिनमा सबैले ध्यान दिनका लागि आग्रह गर्नभएको छ ।
बैठकमा लुम्बिनी प्रदेशका सुरक्षा निकायको समेतसहभागीता रहेको थियो । सर्बपक्षीय सद्भाव ¥याली प्रर्दशन गर्ने, सम्पूर्ण सूचना तथा सञ्चारका माध्यममा राजनीतिक दलहरुसँगको छलफल लगायतलाई विषयमा छलफल भएका थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)