Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि,थप ११ जनाको मृत्यु

२४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि,थप ११ जनाको मृत्यु

  • 2.1K
    SHARES

  • २४  घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि,थप ११ जनाको मृत्यु

    बुटवल,असाेज २३ ।

    पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

    हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् । तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३१७ जना आईसीयूम र ११३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १२५, कास्कीमा १०९, ललितपुरमा ५७, झापमा ४१, चितवनमा २९, भक्तपुरमा २५, सुनसरीमा २३, रुपन्देहीमा २२, स्याङ्जामा २१, दाङ र मोरङमा १६-१६, कैलालीमा १२, बाँकेमा ११, नवलपरासी पूर्वमा १० जना संक्रमित भेटिएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology