Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मंसिरसम्म लुम्बिनी प्रदेशका सबै नागरिकलाई खाेप लगाउछाैँ : मुख्यमन्त्री कुलप्रसाद केसी

मंसिरसम्म लुम्बिनी प्रदेशका सबै नागरिकलाई खाेप लगाउछाैँ : मुख्यमन्त्री कुलप्रसाद केसी

  • 2.8K
    SHARES

  • मंसिरसम्म लुम्बिनी प्रदेशका सबै नागरिकलाई खाेप लगाउछाैँ :  मुख्यमन्त्री कुलप्रसाद केसी

    बुटवल,असाेज २३ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले मंसिरसम्म लुम्बिनी प्रदेशबासीलाइ खोप लगाउने ब्यबस्था मिलाउने दाबि गरेका छन् । उनले अब नेपालमा प्रयाप्त खोपको ब्यबस्था भैरहेको र किनेर भएपनि सबैलाइ खोप अनिबार्य लगाइने दािब गरेका हुन् ।

    उद्योग व्यापार संगठन तिलोत्तमाको सातौ साधारण सभा तथा चौथो अधिवेसनलाइ सम्बोधन गर्दै उनले मंसिरपछि भने बालबालिकाको पालो आउने बताए ।  उनले समृद्धका प्रदेश र आत्मनिर्भर प्रदेशबासीको नारालाई साकार पार्नका लागि उद्योग व्यापार मैत्री वातावरण सरकारले लगानी गर्ने समेत बताए । 
        
    देशलाइ समृद्धि बनाउनको लागि उद्योगको तथा व्यापार र क्षेत्रको  महत्पूर्ण योगदान रहेकोले प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताए ।लगानी मैत्री वातवरण गर्नका लागि लागि सरकार प्रतिवद्ध रहेको भएको उनको भनाइ छ ।

    प्रदेशबासी जीवनलाई आमूल परिवर्तनका लागि सरकारको पहिलो प्राथमकिता भएको बताए ।  उनले राजनीतिक संकट र कोभिडको संक्रमणबाट थलिएको लुम्बिनी प्रदेश र नेपाल अब विस्तारै समृद्धि र सहजतातिर लागेको उल्लेख गरे ।


     उनले व्यवसायीबाट आर्थिक मन्दी रहेको बेलामा अर्थतन्त्रलाई चलायमा गराउनको लागि अगाडि बढ्नको लागि अनुरोध गरे । 
     सरकाले सरकारले प्रदेश बैंक, नयाँ नमूना कार्य गर्ने र जनताको रोजगार र उपचार शिक्षालाई पहिलो प्राथमिकता दिएको धारणा राखे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology