बुटवल,असाेज २३ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र रोट्रयाक्ट क्लव अफ सेन्ट्रल सिटीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल १० कालिकाचोकमा गरिएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले कार्यक्रमको शुभारम्भ गरे ।कार्यक्रममा बाेल्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका सदस्य एवं कार्यक्रम संयोजक अर्जुन प्रसाद पौडेलले रगत संकलनको लागि अहाेरात्र खटिने प्रतिबद्धता जनाए ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सिटीका संस्थापक अध्यक्ष कमल भण्डारीले सामाजिक कामलाइ सधै अगाडि बढाउने बताए । स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका महासचिव उदय भट्टर्राईकाे संचालनमा भएकाे कार्यक्रमकाे सौजन्य सत्य श्री साईबाबा सप्लायर्स प्रालिका पप्पु कुमार गुप्ताले गरेका थिए ।
कार्यक्रममा जागृति युवा क्लबका अध्यक्ष विदुर केसी, जन ज्योति क्लबका अध्यक्ष मित्रलाल न्यौपाने,नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका सल्लाहाकार लक्ष्मण क्षेत्री,नगर प्रहरी बिट योगिकुटीकी ईन्चार्ज विमला गोतामे,नेपाल स्वयंमसेवि तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसाल लगायतको सहभागिता रहेकाे थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)