Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भारतमा अलपत्र परेका सर्लाही र रुकुमका दुइ बालकको उद्धार

भारतमा अलपत्र परेका सर्लाही र रुकुमका दुइ बालकको उद्धार

  • 3.3K
    SHARES

  • भारतमा अलपत्र परेका सर्लाही र रुकुमका दुइ बालकको उद्धार

    बुटवल,असोज २० ।

    भारतमा अलपत्र परेका सर्लाही र रुकुमका दुइ जना बालकलाई उद्धार गरिएको छ । भारतस्थित प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा मानव कल्याण मित्र मञ्च नेपालले भारतको फिरोजाबादबाट उद्वार गरी नेपाल ल्याइएको छ ।

    भारतको फिरोजाबादको बालगृहबाट रुपन्देही ल्यायएका बालकलाई जनप्रतिनिधि र जिल्ला प्रशासनको रोहवरमा भोली घरपरिवारलाई बुझाइने मानव कल्या मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी गराउनुभयो ।

    तीन वर्ष अघि भारत गएका बालहरु अलपत्र परेर बालगृहमा रहेको थाहा पाएपछि त्यहांको प्रशासन र नेपाली राजदुतावाससंग समन्वय गरेर उद्वार गरिएको प्रवासी नेपाली मित्र मञ्च भारतका अध्यक्ष विष्णुप्रसाद खनालले जानकारी गराउनुभयो ।

     रुकुमका १५ वर्षिय र सर्लाहीका १६ वर्षिय बालकलाई उद्धार गरिएको मंचका दिल्ली राज्य समितिका अध्यक्ष बाबुराम थापाले नागरिक अनलाइनलाइ बताउनुभयाे । मानव कल्याण मित्र मञ्च नेपालले बालवालिका र महिलाको क्षेत्रमा काम गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology