Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलमा एमाले र जसपा छाडेर १०० जना माओवादी केन्द्रमा प्रवेश

बुटवलमा एमाले र जसपा छाडेर १०० जना माओवादी केन्द्रमा प्रवेश

  • 2.4K
    SHARES

  • बुटवलमा एमाले र जसपा छाडेर १०० जना माओवादी केन्द्रमा प्रवेश

    बुटवल,असोज १९ ।

    रुपन्देहीमा अन्य राजनीतिक दल परित्याग गरि १०० जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    मंगलबार बुटवलस्थित क्लब डेनोभोमा एक कार्यक्रम गरि नवप्रवेशीलाई अविर लगाएर पार्टी प्रवेश गराईएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सह(ईन्चार्ज हकिकुल्ला खाँ र रुपन्देही जिल्ला ईन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणी’ ले पार्टी प्रवेश गर्नेहरूलाई अविर लगाएर स्वागत गरेका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी एमाले तथा जनता समाजवादी पार्टी नेपाल परित्याग गरि १०० जना बढी जिल्ला स्तरीय नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले बताए ।

    सो पार्टीका अनुसार रुपन्देहीको देवदह क्षेत्रवाट गणेश शेर्पाली, लिला बहादुर शेर्पाली, फुरसे सुनार, सुन्दर शेर्पाली, विशाल शेर्पाली, सन्जु शेर्पाली, सनम शेर्पाली, मिलन शेर्पाली, खेम बहादुर परियार, बाशु मुसहर, राजेन्द्र गैरे, उदय,नेपाली, मिलन सुनार, अर्जुब सुनार, कृष्ण नेपाली, प्रकाश सारु, सुकै चौधरी, सन्त राम मुसहर, गणेश शेर्पाली, बालु मुसहर, बलिराम थारु, नरेश चौधरी, लक्ष्मण विक, अनुवा चौधरी, राम चौधरी, फगुवा मुसहर, दिपु क्षेत्री, अजय चौधरी, गोविन्द्र बहादुर क्षेत्री लगायत ४२ जना पार्टी प्रवेश गरेको पार्टीले जनाएको छ ।

    त्यसैगरी, सियारी तथा ओमसतिया क्षेत्रबाट यज्ञ बहादुर थापा, मन्दराम यादव, बैंक शिवरतन हरिजन, राम अञ्चल लोध, सुरज प्रसाद केवह, राजु कुमार थापा, प्रेम बहादुर थापा, कलाल चन्द नाउँ, अदपक बहादुर खवास हरिजन, हरिप्रसाद शर्मा रामगति केवह, विद्यावती हरिजन, उदयराज पाठक, दुधनाथ थामी, उदय बहापुर थापा, हिरा केवट, मडरी लोध, प्रहलाद हरिजन, चन्द्रवली नाडे, लाल चन्द्र थारू, काशीनाथ थारु, वसन्त हरिजन, सुदर्शन धरिकार, जितमाम थारू, सुनकेशरी थारू, विपेन्द्र केवट, श्याम केवट लगायत माओवादी पार्टी प्रवेश गरेको पार्टीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology