Logo मंगलवार, श्रावण १२ गते २०८३
images

धामी प्रकरणमा संलग्न भारतिय एएसबीलाइ कानुनी कारबाही गर्नुपर्छ : शान्ति समाज

धामी प्रकरणमा संलग्न भारतिय एएसबीलाइ कानुनी कारबाही गर्नुपर्छ : शान्ति समाज

  • 2.3K
    SHARES

  • धामी प्रकरणमा संलग्न भारतिय एएसबीलाइ कानुनी कारबाही गर्नुपर्छ : शान्ति समाज

    बुटवल,असाेज १६ ।

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले दार्चुलामा महाकाली तुइन प्रकरणमा संलग्न भारतिय एएसबीलाइ भारत सरकारले कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा बुटवल राजमार्ग चौराहामा  गरेको  शान्तिपूर्ण प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै सभापति खनालले जयसिंह धामी बेपत्ता प्रकरणमा संलग्न भारतिय प्रहरीलाइ कारबाही गरेमात्रै महात्मा गान्धीको सच्चा सम्मान हुने बताए  ।samaj.jpg

    भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएका र गृह मन्त्रालयको प्रतिवेदनमा समेत घटनामा भारतीय सुरक्षाकर्मीको प्रत्यक्ष संलग्नता रहेको प्रतिवेदन सार्वजनिक गर्दासमेत भारतले दोषी सुरक्षाकर्मी पक्राउ नगर्नु विडम्बना भएको बताए ।

    खनालले शान्ति नै समाज,मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको बताए ।  उनले हिंसालाई निर्मूल गरी दीगो शान्तिका लागि सबैको ऐक्यवद्धता र प्रयास हुनुपर्ने धारणा राखे  । समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका रहने बताउँदै सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई पनि हिंसा रहित समाज र राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

    ‘अंहिसा पवित्र एवम् गौरवमय मार्ग’ भन्ने नारका साथ शान्तिपूर्ण प्रदर्शन गरिएको सचिव कपिल ज्ञवालीले बताए । 

    कार्यक्रम समाजका अध्यक्ष डिपीखनालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।कार्यक्रममा शान्ति समाजका कार्यसमिति पदाधिकारी , सदस्य  तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

    विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।SANN.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology