Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ

  • 2.2K
    SHARES

  • अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ

    बुटवल,असोज १५ ।

    सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो ।

    पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् । चार पूर्व प्रधानन्यायाधीशले २४ पुस २०७७ मा संयुक्त विज्ञप्ति निकालेर ५ पुसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए ।

    अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology