Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

३० औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस : वृद्धाश्रमकाआमा-बुवालाई शान्ति समाज रुपन्देहीले गरायो भोजन

३० औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस : वृद्धाश्रमकाआमा-बुवालाई शान्ति समाज रुपन्देहीले गरायो भोजन

  • 2.3K
    SHARES

  • ३० औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस : वृद्धाश्रमकाआमा-बुवालाई शान्ति समाज रुपन्देहीले गरायो भोजन

    बुटवल,असोज १५ ।

    ३० औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले वृद्धाश्रममा भाेजन गराएको छ ।

    समाजले बुटवल २ मा रहेको सिद्धबाबा दुर्गा भवानी शिबकुमारी सैँजू वृद्धाश्रममा ( पाकापुस्ता) मा रहेका पाकापुस्ता आमा-बुवालाइ एक कार्यक्रमका बिच खाना खुवाएको हाे । 

    सो अबसरमा बोल्दै शान्ति समाजका रूपन्देही सभापति डिपी खनालले जेष्ठ नागरिकलाइ सम्मानको संस्कृती बिकास गर्नका लागि वृद्धाश्रममा भाेजन गराएको बताए ।

    जिल्ला सचिव  कपिल ज्ञवालीले पाकापुस्ताको सही रुपले सम्मान गरेर खुसी र सुखी राख्नुपर्ने सबै सन्तानको कर्तब्य भएको बताए ।jestha nagarik.jpg

    कार्यक्रमका अवसरमा शान्ति समाजका रुपन्देहीका उपसभापति खिमप्रसाद भट्टराइ (कृष्ण),सहसचिव कृष्ण पाण्डे,कोषाध्यक्ष धनकला खनाल (सविता ),शाखाका पूर्व सचिव तेजेन्द्र केसी लगायत कार्यसमिति सदस्यको सहभागिता रहको थियाे ।

    वृद्धाश्रममा ८ जना बृद्धबृद्धा आश्रित रहेको सिद्धबाबा दुर्गा भवानी शिबकुमारी सैँजू वृद्धाश्रमका ब्यबस्थापक कृष्ण रेश्मीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology