Logo बुधवार, श्रावण १३ गते २०८३
images

काँग्रेस तिलोत्तमामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

काँग्रेस तिलोत्तमामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

  • 2.0K
    SHARES

  • काँग्रेस तिलोत्तमामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

    बुटवल,असाेज १४ । 

    नेपाली काँग्रेस तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

    नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत यही असोज ९ गते भएको पालिका अन्तर्गतको अधिबेशनबाट निर्वाचित रुपन्देहीको तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई एक कार्यक्रमका विच पदस्थापन सहित प्रमाण पत्र वितरण गरिएको हो ।

    निर्वाचित  नगरसभापति हरिलाल पाण्डे, उपसभापतिमा कल्याण प्रसाद पौडेल र माया चौधरी, सचिबमा प्रदिप कुमार थापा र हुमलाल पौडेल तथा सहसचिवमा दिपक थापा र रमेश पराजुली सहित सर्वसम्मत भएका सदस्यहरुलाइ नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण र निर्वाचन अधिकृत डा.ओमप्रकाश अर्यालले खादा, अविर र प्रमाण पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो  ।

    सो अवसरमा बोल्दै पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै तिलोत्तमामा नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहांले आन्तरिक निर्वाचनका क्रममा भएका प्रतिष्प्रधालाई विर्सेर सबैलाई समेटेर अगाडी बढ्न नगर समितिलाई निर्देशन दिनुभयो ।

    नगर सभापति हरिलाल पाण्डेले आगामी निर्वाचनमा तिलोत्तमा नगरका सबै वडामा नेपाली काँग्रेसले विजय हासिल गर्ने गरी संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

    नगर सभापतिका प्रत्यासी हरिप्रसाद तिवारीले निर्वाचनमा भएको प्रतिष्प्रधालाई सहजरुपमा लिएर सबै एकजुट भएर तिलोत्तमामा नेपाली काँग्रेसलाई बलियो र शसक्त पार्टी बनाउन सबै जुटनु पर्ने बताउनुभयो ।

    सो अवसरमा नगर समितिका निवर्तमान सचिव शिब प्रसाद गैरेले निर्वाचित सचिव द्वय प्रदिप कुमार थापा र हुमलाल पौडेललाई माइन्युट बुक हस्तान्तरण गर्दै पदस्थापन गराउनु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology